नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई सहयोग
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् ।
चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष कुँवरले पीडितलाई थोरै भएपनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताइन् । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।