नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान


काठमाण्डौं । नेपाल वायुसेवा निगमले उत्कृष्ट राष्ट्रिय ध्वजावाहकु सम्मान पाएको छ। भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचार(प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरू मध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो। सन् २०२३ को नोभेम्बर १६ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको हो। सम्मान प्राप्त भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान गरिरहेको छ। त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुंगा लगायत १५ गन्तव्यमा उडान गरिरहेको छ। दसैं तिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *