विश्वकप क्रिकेट – भारत दबाबमा ११ ओभरमै गुमायो तेस्रो विकेट

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको भारतको खेल दबाबपुर्ण बनेको छ ।

सुरुवाति चरणमा राम्रो ब्याटिङ गरेतापनि ११ ओभरमै भारतले तीन विकेट गुमाएको छ । पहिलो विकेटअन्तर्गत भारतले सुभनम गिललाई चार रनमै गुमाएको थियो । त्यसपछि कप्तान रोहित शर्मा ३१ बलमा ४३ रन बनाएर आउट भए । रोहितपछि आएका श्रेयस ऐयर पनि राम्रो रन बनाउन सकेनन् र आउट भए ।

भारतको खेल तबाबमा रहेको छ समाचार तयार गर्दासम्ममा १२ ओभरको खेल सकिँदा भारतले ८७ रन बनाएको छ । भने विराट कोहली २६ र केएल राहुल चार रन बनाएर क्रिजमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *