नक्कली शरणार्थी प्रकरण – अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।

उनीहरुले नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश अन्यायपूर्ण भएको भन्दै आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने माग गरेका छन् । यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।

भियुक्तहरुविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *