नबिल बैंकको लाभांश घोषणा
नबिल बैंकले आज मङ्सिर ७ मा बसेको संचालक समितिको बैठकले आ.व. २०७९।८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रति शेयर ११ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।