ओलि भन्छन् चेतना नभएका मुर्खहरूले मात्र राजतन्त्र माग्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरूले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिए । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले दाबी गरे ।

उनले भने, केही तत्त्वहरू हेर्दा‘ हेर्दा‘ हेर्दा‘ हेर्दा‘ वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो, काम लाग्ने चिजै होइन रहेछ १५ वर्षअघि नै फ्याँकइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् । राजनीतिकरूपमा, वैचारिक रुपमा, सैद्धान्तिकरूपमा कुनै हिसाबले पनि राजतन्त्र । एउटा मान्छेको छोरा जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिने, अर्कोले जति मरिमेटे पनि हुन नसक्ने‘ मैले भनेँ भने चित्त दुखाउँछन्‘ चेत नै नभएका मुर्खहरूले राजतन्त्र मान्छन् ।

नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना हो होइन, मुर्खता हो । ’कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर, नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको उनले बताए । उनले भने, ‘कतिपय देशले ऐतिहासिक कारणले जनतासँग सम्झौता गरेका होलान् । अरु देशका मामलामा हामी बोलिरहेका छैनौं । हाम्रो देशमा चाहीँ राजतन्त्र काम लाग्दैन भनेर जनताले फ्याँकेका हुन् ।’

नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश सङ्कटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’

उनले आजको कार्यक्रममा प्रदर्शन झलक मात्र भएको र ठूलो आन्दोलनका लागि तयार रहन समेत युवा संघ लाई आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *