प्रधानमन्त्री प्रचण्ड  र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल-मुखैरीले शुक्रवार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारमा भेट गरका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ ।

साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *