बालाजु अटो वर्क्सले तिर्यो सबैभन्दा बढी कर
काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले सबैभन्दा बढी कर तिरेको छ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस आय वर्ष २०७८।७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ ।
यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मालाई सम्मानपत्र प्रदान गरेको छ ।