सगुन साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित


सगुन बचत तथा ऋण सहकारी संस्थालाई हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै संस्थालाई राष्ट्रिय कर दिवसकको अवसरमा सम्मान गरेको हो । करदाता सेवा कार्यालय लालबन्दीले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आयकर तर्फ सर्वाधिक कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो । सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको जनाएको छ ।

कार्यक्रममा करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख नबिन सुबेदीले सगुन साकोसका अध्यक्ष केसब प्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, प्रबन्धक रबिन्द्र राना हरिवन उधोग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते लगायतका पदाधिकारीहरुको कार्यक्रममा उपश्थिति रहेको थियो । सगुन साकोस त्यस क्षेत्रकै सबै भन्दा उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको छ ।सस्थाको सुचना अधिकारी निरोज कुमार दहालका अनुसार हाल सहकारीको कुल सम्पती १ अर्ब ५६ करोड रुपैयाँ हारहारीमा मा रहेको छ भने सर्लाहीका ६ स्थान बाट आफना १२ हजार २ सय भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आई रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *