नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्डबाट सम्मानित
काठमाडौं । नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्डले सम्मानित भएको छ । नमस्ते पे लाई ‘आईबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा उक्त अवार्डबाट सम्मानित भएको छ । ‘नमस्ते पे’ मा ‘यूएसएसडी’ च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै ग्राहकहरूले डिजिटल लेनदेन गर्दा विना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन् ।
जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ। ‘नमस्ते पे’ ले ‘रिक्वेस्ट मनि’ सुविधा मार्फत ‘पी टु पी’ उधारो सेवा उपलब्ध गराएएको छ । उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन ‘स्प्लिट बिल’ जस्ता सुविधाहरू पनि ल्याएको छ । मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेसनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले २४ नोभेम्बरमा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए ।