सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी

काठमाडौं । राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ । काठमाण्डौ महानगरपालिका घट्टेकुलोमा रहेको महराको पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएको हो ।

आज बिहान घट्टेकुलोमा रहेको पसलको सटर खोल्ने क्रममा उनका श्रीमतीले पसलअगाडि राखेका सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

उनले भने, ‘पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको देखिएको छ ।’

घटनाका बारेमा प्रहरीले सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *