एनसेलबाट आजियाटा बाहिरिने घोषणा

काठमाडौं । टेलिकम कम्पनि एनसेलको प्रमुख लगानीकर्ता आजियाटा समूहले बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरको हो ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

आजियटाले स्विडिस कम्पनी टेलिया सोनेराबाट एनसेलको सेयर किनेको थियो । एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो । आजियटाले नेपालमा कर निर्धारणको कारण र अन्य व्यवसायी कारणले ठुलो घाटा बेहोर्नुपरेको निष्कर्ष सहित नेपालबाट बाहिरिने बताएको छ ।

एनसेलले सन् २०२२/२३ मा ३७ अर्ब ४४ करोड, त्यसअघि २०२१/२२ मा ३९ अर्ब ७२ करोड कारोबार गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *