प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक केही बेरअघि बाट सुरू भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप २८ मा सहभागी हुन युएई जानु अधि आकस्मीक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए । आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप२८) बारे केही निर्णयसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।
मंगलबारका दिन नियमित बस्दै आएको बैठक हिजो बस्न नसकेपछि प्रधानमन्त्री दाहालले आजका लागि बोलाएका थिए । प्रधानमन्त्री दाहाल आजै (कोप२८) मा भाग लिनका लागि युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेलुकी साढे ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।