सुनको मुल्य हाल सम्मकै उच्च तोलामा एक लाख १९ हजार ३ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले हाल सम्मकै उच्च नयाँ रेकर्ड कायम गरेको छ ।

आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । आज छापवाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महांसंघले जनाएको छ । अघिल्लो दिन (मंगलबार) तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *