इजरायल-हमास युद्धविराम थप १ दिन लम्बियाे

काठमाडौं । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन् । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै युद्धविराम अवधि थप एक दिन लम्ब्याइएको हो ।

दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो । तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको हो।

यसबीच इजरायलले आफ्ना जेलमा रहेका प्यालेस्टिनी बन्दीलाई तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरिरहेका छन् । युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *