बेलायती कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत शेयर


काठमाण्डौं । एनसेलको माउ कम्पनी एक्जियटा र बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड बीच आज शुक्रबार ८० प्रतिशत ५० मिलियन डलर अर्थात् नेपाली रुपैयाँ ६ अर्ब ६६ करोडमा शेयर खरिद बिक्री सम्झौता भएको छ । बेलायतको स्प्रेक्टलाइट युके लिमिटेड सतिशलाल आचार्यको कम्पनी हो । उक्त कम्पनीको चुक्ता पुंजी १ लाख डलर रहेको छ ।

कम्पनीको सम्पूर्ण शेयर सतिशलाल आचार्यसंगै रहेको छ। अर्थात् एनसेलको ८० प्रतिशत शेयर आचार्यले नै खरिद गरेका हुन् । शेयर खरिद बिक्री सम्झौता अनुसार खरिदकर्ताले ५० मिलियन डलर २ किस्तामा बुझाउने उल्लेख छ । ५ मिलियन डलर ६ महिना भित्र र बाँकि ४५ मिलियन डलर ४८ महिना भित्र बुझाउने उल्लेख छ । सन् २०२२ को लागि घोषणा भएको तर वितरण भई नसकेको लाभांश एक्जियटाले नै पाउने सम्झौतामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *