वैदेशिक रोजगारीमा पठाईदिने भन्दै २३ लाख २५ हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाईदिने भन्दै छ लाख आठ हजार ठगी गर्ने लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ गरी उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा जान प्रतिव्यक्ती नौ लाख लाग्ने र प्रतिष्ठित होटलमा मासिक एक लाख कमाई हुने प्रलोभवनमा पारी पिडितबाट पटक–पटक गरी ६ लाख आठ हजार ठगी गरेर सम्पर्कविहीन बनेपछि प्रहरीलाई पिडितले बयान दिएका थिए । पिडितको गुनासोका आधारमा अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।

यस्तै सर्बिया पठाईदिने भन्दै १७ लाख १७ हजार तीन सय रुपैँया ठगी गर्ने स्थायी ठेगाना बारा जीतपुरसिमरा उप महानगरपालिका वडा नं. ०१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा पनि पक्राउ परेका छन् । पक्राउ परेका बास्कोटाले बल बहादुर थापा मगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया गएपछि प्रतिष्ठित प्याकिङ कम्पनीमा एक लाख रुपैँया कमाई हुने प्रलोभवन देखाई प्रतिव्यक्ती ८ लाख लाग्ने भन्दै दुर्इ जनाबाट १७ लाख १७ हजार तीन सय रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीमा पिडितले पक्राउ गरेर कानुन अनुसारको कारबाहीको मागसहित निवदेन दिएका थिए ।

सोही निवेदनका आधारमा काठमाडौँबाट अनुसन्धानमा खटिएको प्रहरीको टोलीले दिनेश बास्कोटालाई सोही स्थानबाट बिहीबार पक्राउ गरेर थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचह पठाएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *