चन्द्रागिरि साकोसद्वारा ५४ विद्यार्थीहरुलाई ‘ चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति’ प्रदान


काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत जना छात्रछात्राहलाई छात्रवृत्ति प्रदान गरिएको छ । २५ जना विभिन्न दाताहरु र संस्थाको आफ्नो योगदानबाट स्थापना गरिएको उक्त कोषबाट आर्थिक रुपले बिपन्न र जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा वित्तीय साक्षरता कार्यक्रममा छात्रवृत्ति वितरणका साथै नयाँ दाताहरुलाई सम्मान र मितव्ययी हुने ५० वटा टिप्स तथा संस्थाको विभिन्न वस्तु तथा सेवा सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले उद्घाटन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हरिहर सिग्देल, छात्रवृत्ति कोषमा दान गर्ने दाताहरुमध्येबाट सुरेन्द्र बहादुर खड्का, शिक्षक प्रतिनिधिहरुको तर्फबाट प्रभात मा.वि.का प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु मध्येबाट ब्रोनिस आचार्यले आ–आफ्ना विचार व्यक्त गरेको थिए । कार्यक्रम व्यवस्थापन तथा सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *