बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री जमकट्टेलले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन्। प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलको सचिवालयले जानकारी दिएको छ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ। बाग्मतीमा जमकट्टेल मुख्यमन्त्री बनेको एक वर्ष हुन लाग्दा प्रदेशका संसदीय समितिहरूले पूर्णता पाउन सकेको छैन। सोही विषयमा छलफल गरी टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन्।