मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।

महाकाली—मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका हुन् । २०७९ को १७ जेठमा भएको बेपत्ता भएका शाही पछि मृत भेटिएका थिए ।

शाहीको मृत्युको प्रशंग निकाल्दै ओलीले भने, ‘विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म बिरोध गर्न चाहन्छु,’ अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो ।’ओलीले शाहीलाई शहीद घोषणा पनि गरे । उनले भने, ‘म विनोद शाहीलाई शहीदको रुपमा घोषणा गर्दछु ।’

अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको आरोप उनले लगाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *