सिवाईसी साकोसको अध्यक्षमा पुनः शर्मा


बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा चयन भएका छन् । संस्थाकोअधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा संस्थाका निवर्तमान कोषाध्यक्ष सितादेवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सह(सचिवमा पुनः सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कंडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित भएका छन्। लेखा समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित भएका छन् । सिवाईसी साकोसको मंसिर ६ गतेदेखि सुरु भएको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको हो । संस्थाको २५ वटा सेवा केन्द्रमा साधारण सभाहरु सञ्चालन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *