हर्कले आफ्ना स्टाटस मार्फत रविलाई दिए यस्तो दनक

काठमाडौं । धरान उपमहानरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई आफ्ना स्टाटस र बोलीका कारण बेलाबेला विवादमा तानिने गरेका छन् ।

धरानवासीलाई खानेपानी खुवाउँछु भनेर चुनाव जितेका हर्कले यसबीचमा आफ्ना बाचा केही हदसम्म पूरा पनि गरे । जसकारण उनी देशभर चर्चित भए । तर क्रिस्चियानरी मेसिनरीको सपोर्ट गरेर उनी पछिल्लो समय विवादमा तानिएका छन् । श्रमदानलाई देशभर चर्चित बनाएका हर्क केही अघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका प्रशंसक थिए । गत वर्ष रवि दोहोरो नागरिकता विवाद र राहदानी प्रकरणमा विवादमा पर्दा पनि हर्कले आफू रविसँगै भएको अभिव्यक्ति दिएका थिए । रविलाई चुनाव जिताउन उनले चितवनवासीलाई आह्वान पनि गरे । रवि पनि हर्कको श्रमदानलाई सहयोग गर्न धरान पुगेका थिए । दुवैबीच हार्दिक सम्बन्ध पनि थियो । तर अहिले हर्कराज पनि रविको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् ।

हर्कले पहिलोपल्ट रविबाट केही नहुने घोषणा गरेका छन् । कतिसम्म भने रविले चुनावका बेला मलेसिया गएका युवा फर्काउँछु भन्थे । अहिले आफैं मलेसिया पुगेर तिनै नेपाली युवायुवतीलाई झोले बनाउन संगठन गर्न लागिपरेका छन् । हर्कले रविमा दुर्गा प्रसाई जति पनि नैतिकता र साहस नभएको भन्दै आलोचना गरेका छन् । रविमा कुनै योजना र भिजनसमेत नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध पनि रविले केही नबोलेको भन्दै दुर्गा प्रसाई जति हिम्मत नभएको बताएका छन् ।

उनले लेखेका छन् ।

‘दुर्गा प्रसार्इले विदेशिएका युवा नेपाल फर्काउँछु भन्दै थे । रवि लामिछानेजीले पनि मलेसिया गएर युवा फर्काउँछु भनेछन् । झोला बोकाउने त होला नि योजना । अरु त केही भिजन देखिएन । फर्केर युवाले के गर्ने ? कसरी पेट र परिवार पाल्ने ? खोइ योजना ? बरु दुर्गा प्रसाईले भ्रष्टाचारविरुद्ध बोलिरहेका छन् । रवीजी त त्यो पनि बोल्न सक्दैनन्,’

उनले लेखेको यो स्टाटसमा धेरैले आआफ्नो प्रतिकृया दिएका छन् र जसमा कसैले राम्रो भनेका छन् भने कतिले गालि र नराम्रो शब्द समेत प्रयोग गरेका छन् । पछिल्लो समययता विभिन्न स्वतन्त्र उमेदवार ले रवि माथि खन्हिरहेका छन् केहि दिन अघिमात्र बालेनले समेत उनको आलोचना गरेका थिए । र सो स्टातस पनि निकै चर्चामा रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *