एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ मा

काठमाडौं । एकीकृत समाजवादीले मदन–आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । सोमबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले चैतमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर सम्मानित नेता झलनाथ खनालले माघमै महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए ।

एकीकृत समाजवादीमा पनि एमालेमा जस्तै ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ । जसकारण आफूले पार्टीको नेतृत्व लिन नपाउने हो कि भन्ने त्रासमा खनाल छन् । तर अध्यक्ष नेपालले पेलेरै जेठमा महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *