एनएसएलमा आज ललितपुर र वीरगञ्ज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड एफसी बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ५ बजेबाट सुरु हुनेछ ।

अपराजित ललितपुर तीन खेलबाट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ललितपुरले यसअघि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ । वीरगञ्ज हालसम्म जितविहीन छ । उसले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो ।

एनएसएलको यो दोस्रो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, पोखरा थण्डर्स, ​धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, झापा एफसी, वीरगञ्ज एफसीर बुटवल लुम्बिनी सहभागी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *