बैंकर्स संघको एजीएम पुसमा, ७ कार्यसमिति सदस्य चयन हुँदै


काठमाडौं । नेपाल बैंकर्स संघले पुसमा साधारणसभा गर्दै कार्यसमितिको रिक्त तीन पदमा नयाँ सदस्य चयन गर्ने भएको छ। यसपटक संघको अध्यक्ष र उपाध्यक्ष पदको लागि चुनाव हुने छैन। अध्यक्ष र उपाध्यक्ष गत वर्षमात्रै चयन भएकाले यसपटक कार्यसमिति सदस्यहरुको मात्रै चयन हुने भएको हो। संघको विधानअनुसार सबै सदस्यको कार्यकाल दुई वर्षको हुन्छ। ७ सदस्यीय कार्यसमितिमध्ये हाल ३ वटा पद रिक्त छन्। बैंक मर्जरमा गएर प्रमुख कार्यकारीहरु हटेपछि पद रिक्त भएको हो। संघको विधानअनुसार बैंकर हुँदासम्म मात्र कार्यसमितिमा बस्न पाइन्छ। अहिले लक्ष्मी सनराइज बैंकबाट अजय श्रेष्ठ, नेपाल एसबीआइ बैंकबाट दीपककुमार डे, एनआइसी एसियाबाट रोशनकुमार न्यौपाने र एभरेष्ट बैंकबाट सुदेश खालिङ सदस्य छन्। रमेशराज अर्याल, सुमन शर्मा, सुनिल पोखरेल बैंकमा नरहेपछि उनीहरुको पद खाली भएको हो।

उनीहरुमध्ये अर्यालले भर्खरै कुमारी बैंकबाट राजीनामा गरेका थिए भने शर्मा लक्ष्मी बैंकमा सनराइज गाभिएपछि सनराइज बैंकको प्रमुख कार्यकारीबाट बिदा भएका थिए। पोखरेल सिभिल बैंकका प्रमुख कार्यकारी थिए। सिभिल हिमालयन बैंकमा गाभिएपछि उनी पनि बाहिरिएका हुन्। अहिले सदस्य बहाल रहेकाहरुले इच्छा देखाएमा अर्को एक कार्यकाल समितिमा बस्न सक्छन्। कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा अहिले २० मात्रै छ। यसमध्येबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक निवर्तमान अध्यक्ष र बाँकी ७ सदस्य गरेर १० जना कार्यसमितिमा हुन्छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *