एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्नेमा नेपाल तेस्रो

काठमाडौं । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ ।

आइसीसी एसिया क्रिकेटले सार्वजनिक गरेको सन् २०२३ मा एकदिवसीय खेल जित्ने टोलीको सूचीमा नेपालले १५ खेल जितेको छ । २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा परेको हो ।

यस्तै आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा भारतले ३२ खेल खेलेकोमा २५ मा जित हात पारेको छ । भारत एकदिवसीय खेल जित्ने टोलीमा शिर्ष स्थानमा रहेको छ ।

यस्तै श्रीलङ्काले ३१ खेलमा १६ मा जित हात पारेको छ । श्रीलङ्का १६ खेलमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ भने २२ खेलेको दक्षिण अफ्रिकाले १५ मा जित हात पारेको छ र उ चौथो स्थानमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *