नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने १२ जना सार्वजनिक

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार उनीहरुमध्ये ११ जना मंसिर १४ गते र एकजनालाई १८ गते पक्राउ परेका थिए । उनीहरुलाई बुधबार काठमाडौं प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल रहेका छन् । त्यस्तै १८ गते सोमबार पक्राउ पर्नेमा द्रोण डाँगी रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा, रकम समेतका कागजातहरु बरामद भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई तत्काल नेपाल पठाउन अनुरोध गरेको छ ।

युक्रेनसँग जारी युद्ध लड्न रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएको पुष्टि भइसकेको छ ।

एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *