हाम्रा परमात्माहरुको सम्झना भाग–१


“ममवांशो जीवलोके जीवभूत ःसनातन । मन ःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानी कर्षती ।। श्रीमदभगवद्गीता ,१५–७ ।।–सबै जीवआत्माहरु ईश्वरका सन्तान हुन ।”
(१) ॐ श्री गणेशाय नम ः हाम्रा वेद,पुराण,दर्शनशास्त्र,स्मृतिहरु,महाकाव्य,उपनिषद,स्वस्थानी चण्डी आदि सबैमा परमात्मालाई नै सर्वोपरी मानिएको छ । हिन्दु धर्ममा भगवानको पूजामा गणेशलाई सवभन्दा पहिले सम्झना गरिन्छ । “जय जय गणेश जय जय गणेश । जय गौरीपूत्र जय जय गणेश ।। जय जग नायक जय जय गणेश । जय जग दानन जय जय गणेश ।। जय जय सुख जय जय गणेश । जय भालचन्द्र जय जय गणेश ।। जय एक दन्त जय जय गणेश । जय लम्बोधर जय जय गणेश ।। जय वक्रतुण्ड जय जय गणेश । जय ढुंडिराज जय जय गणेश ।। जय जय हेरम्भ जय जय गणेश ।। जय जय गणेश जय जय गणेश !”(–रेडियो नेपालमा बज्ने चर्चित पुरानो भजन) ।
(२) विषय प्रवेश ः ईश्वरले आफ्ना सन्तानलाई बराबरी माया गर्ने भएकाले कर्म ब्यवहारले चरित्रको निर्धारण गर्दछ । विवेकपूर्ण कर्तव्य धर्म हो ।
मूलतत्व के हो भन्ने थाहा भएर पनि मूलतत्व मभित्र समाहित गराउन नसकेकाले म अहिले अज्ञानि नै छु । मानव हूँ–घर ब्यबहारमा कर्म गर्दा केही दुख परेको बेला कठै ! कहिले चिन्ताले छोडेन–म जस्तै अरुले सोच बदलेर–सोच अनुकूल आचरण बदलेर के के गरी सके भन्ने मनमा आऊँने गर्दा–म सङ्कल्प कामना रहित अहिलेसम्म हून सकेको छूईन । एउटा कुरा पक्का हो की मातृभूमि औ देशबाशीको अहीतहुने कुनै कर्म जस जसबाट हुन्छ त्यसप्रति म आँखा चिम्लीँन चाहिँ सक्दिन,खवरदारी गर्छु अनुसाशनको परिधिभित्र रहेर–मैले आजसम्म जति काम गरेको छु देश र जनताको लागि अहित हुने काम गरेको छूईन । कशैलाई अहित नगरी भगवानलाई आदर गरी भगवानभावनाभावित हुन खोजेर कर्म गर्दछु,सबैले यति गरे पनिपुग्छ भौतिकबाद भित्र श्रीष्टिको मर्म खोज्दै । र,मैले यही भगवानभावनाभावित हुन खोज्ने क्रममा यश प्रश्तुती मार्फत पनि भक्तिभावना समर्पण गरेको छु–प्राचिन धर्म विज्ञहरुले जे जति शास्त्रहरु पृथ्विीमा हामीलाई छोडेर जानु भयो ती सबै प्रतिकात्मक भएकाले तीनै शास्त्रसम्मत यद्धृत केही शास्वत ब्यहोराहरु ।
किन उता दक्षिण छिमेकी तीरका गुरुहरुको मात्र सन्र्धभ गर्नुभएको भन्न हजुर पाठकहरुमा एक जिज्ञाशा रहन सक्छ,यस बारे यताका गुरु भन्दा उताकै–अन्यत्रकै मालबस्तु,गुरु वचन,गुरुलिखित पुस्तक–दर्शन,निर्देशन,गीत–सङ्गीत–मनोरन्जन,राजनीति लगायत अरु धेरै बिषयहरू नेपालीलाई प्रिय भएर नेपालको जुन सुकै क्षेत्रलाई पनि प्रभाव पारेकाले ‘कुनै पनि देशलाई बर्बाद पार्नु छ भने सवभन्दा पहिले त्यस देशको सभ्यता र संस्कृतिमाथी हावि हुनुपर्छ’ भन्ने बुझेको छु तापनि म पनि उतै–अन्यत्रबाटै प्रभावित भएको छु ।
(३)सम्झेका देवताहरु ः बिहान आँखा उघ्रने वित्तिकै ओछ्यानमै कशैले नारायण भन्छन् कशैले श्रीराम भन्छन् कोही ‘जय पशुपतिनाथ’ त ‘नम ःशीवाय’ भनेर श्रीशिवपञ्चाक्षर जप्छन् त कोही ‘ऊँ नमःशिवाय’ भन्दै शिवषडक्षर जप्छन । कोही आफ्नै हत्केला हात हेरेर “कराग्रे वसते लक्ष्मी ःकरमध्ये सरस्वती । करमूले स्थितो ब्रम्हा(अचेल गोविन्द भन्ने पनि गरिएको पाइन्छ),प्रभाते करदर्शनम्” भन्ने मन्त्र जप्छन । त्यसपछि “गङ्गे च यमुने चैव गोदावरी सरस्वती । नर्मदे सिन्धु कावेरी जलेऽस्मिन् सन्निधिं कुरु ।।” भन्ने स्नानमन्त्र(यो स्नान मन्त्र अब देखी नेपालकै पवित्र नदीहरु कोशी–नारायणी–कमला–काली गङ्गा–महाकाली आदिको नाममा बनाउनु पर्छ भन्ने चर्चा पनि चलेको भन्ने सुनिएको थियो) जप्दै स्नान गरेर पूजाआजा गर्नेहरु पुजाआजा गर्छन । कोही बिहान डुल्छन अनि आएर मन्त्र चालिशा स्तोत्रहरु जप्नेपनि गर्छन । “त्वमेव माता च पिता त्वमेव,त्वमेव बन्धुश्च सखा त्वमेव । त्वमेव विद्या च द्रविणम त्वमेव,त्वमेव सर्वमम देव देवः।।” जस्ता स्तोत्र हरेक देवी देवताको पूजा अघि पछि जप्ने गर्छन ।
(३क) महादेव ः सदाशिवलाई ब्रम्ह–बिष्णु–शिवको सयुक्त रुप मानिन्छ । अर्थात महादेवलाई खुशी पारेपछि अरु सवै देव खुशी हुन्छन भन्ने मान्यता छ ।“शिव भन्नुको अर्थ हो आत्म,जो सर्व व्यापक हुन्छ र प्रत्येक ब्यक्तिभित्र वीजवत् रुपमा विधमान हुन्छ–प्रत्येक व्यक्तिभित्र वीजवत् रुपमा सयन गर्ने भएकाले शिव भनिएको हो । जीवबाट शिव हटाइ दिएमा शव बाकीँ रहन्छ र शवमा शिव प्रवेश गरेमा जीव बन्दछ । सत्व,रज र तम गुणको नियन्ता पनि शिव–शिवजी सर्व व्यापक,सर्वेश्वर,सर्वाधार,निराकारी,न्यायकारी,अनन्त,अजर,अमर,अभय,सर्व अन्र्तयामी,ऊँकार र यत्रतत्र सर्वत्र हुनुहुन्छ”(चमेला महत । शिवषडक्षरस्तोत्रम मन्त्रको भावार्थ । गोरक्ष निखिल बाणी पत्रिका । नेपाली । बि.सं.२०६६) ।
(३क१) स्तोत्र नबुझ्नेले चालीशा पढ्नु पर्छ भन्ने गरिन्छ,तथापी अचेल बिहानै शिव चालीशाका–“…,देवन जबहीँ जाय पुकारा । तबहीँ दुःख प्रभु आप निवारा ।।९।।,शङ्कर हो सङ्कट के नाशन । विघ्न विनाशन मङ्गल कारन ।।३१।,।…”(शिव चालीशा । पुश्तक महल । दिल्ली,भारत ।) जस्ता चौपाईहरु पनि पाठ गरिने गरिएको पाइन्छ ।
(३क१ख) “ॐ जय शिव–शङ्कर–शम्भो,जय गिरिजाधीश ।। शिव जय गिरिजाधीश ।। जय जय करुणासागर,पशुपति जगदीश ।। ॐ हर हर हर महादेव ।। गिरि–कैलाश निवास छ,गण छन् सहचारी ।।शिव ।। मुण्डमाला छ गलामा, रुप छ भयहारी ।। ॐ ।। डमरु–त्रिशुल सुशोभित,प्रभुका दुई करमा ।। शिव ।। भुषण नाग विराजित,बाघाम्बर तनमा ।। ॐ ।। तिन नयनमा थरि–थरि,ज्योति छ दिव्य सदा ।। शिव ।। वाहन वृषभ मनोहर,सँगमा छन् गिरिजा ।। ॐ ।। भष्म विलेपन सुन्दर,शिरमा चन्द्रकला ।। शिव ।। कल–कल बग्छिन् हरदम,गङ्गा पुण्यजला ।। ॐ ।। ब्रह्मा विष्णु महेश्वर,प्रभुका रुप सबै ।। शिव ।। सृष्टि–स्थिति–लय सब हुन्,शुभ–लिला प्रभुकै ।। ॐ ।। वेद–पुराण थकित छन्,प्रभुको वर्णनमा ।। शिव ।। कण–कण व्यापक प्रभुको, महिमा त्रिभुवनमा ।। ॐ ।। सुर–नर–मुनि सब प्रभुकै,निसदिन ध्यान गरी ।। शिव ।। परमानन्द मगन भै,जान्छन् पार तरि ।। ॐ सच्चिदानन्द परात्पर,सज्जन हितकारी ।। शिव ।। जय जय साम्बसदाशिव,जय जय त्रिपुरारी ”(–रेडियो नेपालमा सवभन्दा पहिले बज्ने चर्चित पुरानो भजन) ।।
(३क२)“महादेव मलाई आफ्नै रङ्गमा रहन दिनुहोश,यो दुनियाले मलाई बहुला भनेछ भने पनि भन्न दिनुस । जस जसलाई धन–सम्पति–घर चाहिएको छ उनीहरुलाई नै दिनुस,मलाई त सिर्फ हजुर कै चरणमा बाश दिएपुग्छ”(–अर्चना त्रिपाठी । भारत । पिन्टरेस्ट–मार्फत गूगल इन्टरनेट ०३ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ४.१९) ।। (३क३) उहाँ जो सबैको स्वामी हुनुहुन्छ–अनीश्वर,उहाँ जो सम्पूर्ण बिश्व कै ईश्वर हुनुहुन्छ–विश्वेश्वर”(–भक्ती सरोवर । भारत । क्यूरा मार्फत गूगल इन्टरनेट ०३ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ४.३९ बजे) । शिव सर्वबिख्यात –ूत्जभ यिचम९क्जष्ख० ष्क तजभ कगउचझभ यखभच बिि दभष्लनक,ज्भ ष्क तजभ उयधभच या चभलगलष्अष्बतष्यल ष्ल बिि दभष्लनकू (–रुद्र लाइफ । भारत । क्यूरा मार्फत गूगल इन्टरनेट ०३ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ४.२७ बजे) ।


(३ क४)मसँग सामाजिक सञ्जालमा जोडीनु भएको साहित्य लेखक–ज्योतिष,प्राकृतिक चिकित्सक,वास्तु बिज्ञ–बुद्धिजीवी–भारतीय सचेत नागरिक मदन ले ई.सं.२०२३ मा रचनागर्नु भै सामाजिक सञ्जालमा साझा गर्नु भएका केही भजनहरु पनि छन् ः“…जय जय जय गज वदन गजानन,गणपति गणेश पूजन तव । ऋद्धि सिद्धि आनन्द प्रदाता,प्रथम पूज्य जगदीश्वर ।। जया विषहरी शामिलबारी,देवि और दोतलि सब । होँ अशोक सुन्दरी कन्यका,पञ्च सुता शिव शङ्कर ।। पद्म पुराण शेष उल्लेखित,शिवा शम्भु हितकर जो । सकल कामना सिद्ध करेँ वो,मन कामनेश्वर शिव हैँ जो ।।”(०९ अक्टोबर),“भवितव्यता,संयोग है,हम जीव हैँ हो ईश तुम । जीवनाधार विचार तुम,जगदीश रुप समीप तुम ।।”(२९ सेप्टेम्बर),“..आया तू है आप अकेला जाना भी है अकेला । फिर क्यूँ कर भरोस कोऊ को,जगदीश सँग धर हे ।। शुचिता धरे मदन मन जीवन,निस्पृह मना रहे जब ।हरि इच्छा कट जावे जीवन,ना कछु शेष रहै अब ।। रे मानुष मन धर निस्पृह मन,काहे तू होत उदासी । जीव जगत में स्वारथ हित सब,ना कोऊ सन्यासी”(१७ नोवेम्बर) ।।(४) भगबान विष्णु ःराम तथा श्यामलाई भगबान विष्णुको रुपमा मानिन्छ ।
(४क)“सबै बैदिक ग्रन्थहरुमा परम सत्यस्वरुप भगवान बिष्णुको ध्यान गर्नु भनिएको छ । अन्यत्र अरु कशैको ध्यान गर्नु भन्ने बताइएको छैन ”(कृष्णकृपामूर्ति–श्री श्रीमद्अभयचरणाविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद । आत्मविज्ञान । भक्तिवेदान्त बुक ट्रष्ट,अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ–इस्कोन,मुम्बई,भारत । ई.सं.२०१४ ।) तर,महादेवको सदाशिव स्वरुपमा महादेव ब्रम्हा विष्णुको तीन रुप खप्टेको हुँदा योगको माध्यमबाट आफ्ना प्रिय देवी देवताको ध्यान गर्न बाधा नपुग्नुपर्ने हो । जे होश गायत्री मन्त्रलाई पनि विष्णुको सन्दर्भमा जोडेर अरु विभिन्न कीर्तन स्तुती मन्त्र,स्तोत्र श्लोक चर्चित छन् ।
जस्तै–“शान्ताकारं भुजंगशयनं पद्मनाभं सुरेशं,विश्वाधारं गगन सदृशं मेघवर्ण शुभांगम् ।लक्ष्मीकांत कमलनयनं योगिभिर्ध्यानगम्यं,वन्दे विष्णु भवभयहरं सर्व लौकेक नाथम् ।।”(विष्णु शान्ताकारं मन्त्र) “यं ब्रह्मा वरुणैन्द्रु रुद्रमरुतःस्तुन्वानि दिव्यै स्तवैवेदेः । सांग पदक्रमोपनिषदै गार्यन्ति यं सामगाः । ध्यानावस्थित तद्गतेन मनसा पश्यति यं योगिनो यस्यातं न विदुःसुरासुरगणा दैवाय तस्मै नमः।।” “मङ्गलम् भगवान विष्णुः,मङ्गलम् गरुणध्वजः । मङ्गलम् पुण्डरी काक्षः,मङ्गलाय तनो हरिः।।”(मंगल श्री विष्णु मन्त्र) । “शुक्लाम्बरधरं विष्णुं शशिवर्णं चतुर्भुजम् । प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ।। यस्य द्विरदवक्त्राद्याःपारिषद्याःपरःशतम् । विघ्नं निघ्नन्ति सततं विष्वक्सेनं तमाश्रये ।। व्यासं वसिष्ठनप्तारं शक्तेःपौत्रमकल्मषम् । पराशरात्मजं वन्दे शुकतातं तपोनिधिम् ।। व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे । नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः।। अविकाराय शुद्धाय नित्याय परमात्मने । सदैकरूपरूपाय विष्णवे सर्वजिष्णवे ।। यस्य स्मरणमात्रेण जन्मसंसारबन्धनात् । विमुच्यते नमस्तस्मै विष्णवे प्रभविष्णवे ।। ॐ नमो विष्णवे प्रभविष्णवे।विष्णुं जिष्णुं महाविष्णुं प्रभविष्णुं महेश्वरम् ।अनेकरूप दैत्यान्तं नमामि पुरुषोत्तमं ।।(विष्णुको एक हजार नामहरुको अवर्णनीय महिमा भएको–‘श्री विष्णुसहस्रनाम’) ।
(४ख) श्रीराम ः रामले बास्तवमा जुन रामराज्य स्थापना गरे त्यसलाई साम्यबाद भन्नेहरु छन भने अर्कोतिर सच्चा जनतन्त्र हो भन्नेहरु पनि छन् ।


(४ख१) “जौ अनीति कछु भाषौं भाई,तौ मोहि बरजहु भय बिसराई–यदी मैले नीति भन्दा बाहिर गएर कुनै गलत कुरा गरेँ भने तपाईँहरूले नडराई मलाई रोक्नु होला”(– श्रीराम । रामचरितमानसको उत्तरकाण्ड । यसमा रामले अभिव्यक्तिको स्वतन्त्रता दिनु भएको देखिन्छ ।
(४ख२) राम शबरीसँग–“ भ्रममा नपर्नुस आमा ! के राम रावणको हत्या गर्न आएका हूँ त …? राम हजारौँ कोश पैदल हिडेर यस्तो घना वनमा सिर्फ तपाइँसँग भेट गर्न भनेर नै आएको हो आमा (गुञ्जन वर्मा)“, “इन्द्रिय सुख राजसुख ना माँगूँ प्रभु,राम रूप कृष्ण मेरे आँगन मन बसा करैँ (‘मदन’)(भारत । सामाजिक सञ्जालबाट ।२९,३० नोभेम्बर ई.सं.२०२३) । ‘तपाइँसँग भेट गर्न भनेर नै आएको हो आमा’ ‘कृष्ण मेरे आँगन मन बसा करैँ’ अर्थात जो साशक जनप्रीय छन उनीहरु जनताको मनमा–आँगनमा बसछन । जनताको सुखदुख र देशको सुरक्षा र सार्वभौमलाई समेत बुझेर आफ्नो देशको सुरक्षा रणनीति–कूटनीति बैदेशिक सहयोग नीति तय गर्छन ।


(४ ख ३) रामले अन्यायको बिरुद्ध आवाज बुलन्द गर्नेहरुलाई शक्तिमा आएपछि वा शक्तिमा नभएपनि कदर गरेका छन् । उनले यस तरिकाबाट सबैले अन्यायको विरुद्ध बोल्नु लड्न्पर्छ भनेर सन्देश दिनु भएन बरु जो अन्यायको बेला मौन बस्छ उशको भन्दा अन्यायको बिरुद्ध कर्मगर्नेहरु अमर शहीद हुन्छन भन्ने व्यवशार देखाएर जटायुलाई आफ्नो काखमा मृत्यु बरण गराउनु भयो । जटायुले रावणको बिरुद्ध लडुया,मृत्युमा राम लक्ष्मण रुनु भयो । तर भिष्म पितामहले द्रुपदीमाथी यौन हिंशा हुँदा पनि घोषे मुन्टो लाएर बस्नु भयो,बाणको शैयामा मृत्यु भयो श्रीकृष्ण रुनु भएन बरु हाँस्नु भयो पितामहको मृत्युमा । बाँकी क्रमश… भाग–२ मा
(छवि चित्र सौजन्य ः पशुपतिनाथको मन्दिर–सैन्डी ट्राभल ब्लग । सामाजिक सञ्जालको भित्ताबाट–फेशबूक डट कम । १२ अक्टोबर ई.सं.२०२० । मार्फत गूगल इंटरनेट ०६ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको १.१७ मिनट । शिव पार्वती कैलाश पर्वतमा सवारी बाहन नन्दिसँग । पिन्टरेस्ट– मार्फत गूगल इंटरनेट ०३ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ५.१४ बजे । ‘मदन’०३ अप्रिल ई.सं.२०२३,फष्ट पोष्ट २८ अगष्ट ई.सं.२०१३,स्टक अडोबडट कम–अमिथबाट । मार्फत गूगल इन्टरनेट ०३,०४डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ५.५३,५.१७ बजे ।)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *