एमालेको संकल्प यात्रा आज कास्कीको पोखरा हुँदै गोरखा जाँदै
कास्की । नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीको पोखरा हुँदै गोरखा जाँदैछ ।
यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ । आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ । बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुनेछ । अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।
मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष १ गते सकिने छ।