शुसेलि भानुलाई सम्झना


मान जनाउँ
आदि कवि भानुको
जन्म मनाउं ।

मनै भरेर
भानुलाई सम्झना
रक्षा गरेर ।

थिए प्राचार्य
संस्कृतिका विद्वान
भानु आचार्य।

घाँसी जनको
प्यासका लागि उन्ले
कुवा खनाको ।

रम्घा गाउंमा
जन्मिए भानुभक्त
कुसल ठाउंमा ।

शैली भानुका
मन मन जाग्याछ
कृति उनका ।

गरे वयान
भानुका सम्झना
भए महान ।

ज्ञान मालाका
कालजइ वन्याछ
श्रेय भानुका ।

दिव्य कमाई
दिएका राज्यलाई
ज्योति समाई ।
१०
भानु प्रखर
भए ती कृतिहरु
काब्य शुन्दर।
११
भाषा नेपाली
शुद्धताको ज्ञानमा
लगे उचालि ।
१२
घासि कुवाको
मयलपोष टोपि
कति सुहाको।
१३
कुल धर्ममा
ज्ञानको जोति तिम्रो
मुल मर्ममा ।
१४
गरे वैठान
नेपाली काब्यतामा
सधै उठान ।
१५
गयो खबर
रामायण लेखेर
भयो प्रखर ।
१६
भानु हाँसेर
कम्मरमा पटुकि
हिड्थे बाधेर ।
१७
बाबा आमाको
आशिर्वाद लिएर
अघि वढेको ।
१८
हुन्न बिर्सन
नेपाली भाषालाई
गरे उत्थान ।
१९
भानु बिद्वान
खुकुरी कम्मरमा
देश पहिचान ।
२०
कर्म दिएका
कुलधर्म राखेर
जन्म लिएका ।
२१
भाषा बिद्वान
यस्ता छोरा पाउने
आमा महान ।
२२
भाषाका ज्ञान
साहित्यका श्रष्ठामा
सधै महान ।
२३
भानु अपार
कुल धर्म राखेर
छोडे सशांर ।
२४
बिधा लिएर
गयौ नि भानु तिमी
कर्म दिएर ।
२५
दियौ शुद्धता
साहित्यका बिधामा
सधै अग्रता ।
२६
भानु एकता
लाने केहि होईन
जान्छ शुद्धता
२७
खुसि जनले
पाठशाला खोलिए
उनको ज्ञानले ।
२८
मन प्रफुल्ल
भानुकै नाउंवाट
दरर्वार स्कुल ।
२९
भाषाका ज्ञानी
भानु छैनन पनि
अम्मर छनि
३०
छिटै अस्ताए
साहित्य काव्यमाथि
ज्ञान फिजाए ।
३१
रसि नफुक्ने
साहित्य ज्ञानमाला
झुक्दै नझुक्ने ।
३२
भानु सम्झेर
उनका देनवाट
अघि वढेर ।
३३
सुख दुखमा
फिजाए ज्योति आज
महा काव्यमा ।
३४
भानु एकता
बिस्वको पहिचान
सवको मित्रता ।
३५
भाषा सुद्धता
साहित्यआख्यानमा
छैन अरुता ।
३६
वेद ज्ञानमा
प्रखर भानु हुन
हाम्रो मानमा ।
३७
सच्चा चरित्र
राष्टले किन छिट्टै
गुमायो मित्र ।
३८
नर नारिको
हितभाव सधैनै
गर्थे जनको ।
३९
प्यारो मानेर
दिन्थे ज्ञान सबैमा
खुसि सम्झेर ।
४०
जन्मे गाउंमा
दिलचस्वि राख्दथे
आफनै ठाउंमा ।
४१
साहित्य दाता
नेपालको सौन्दर्य
हाम्रा विधाता ।
४२
सुख सयल
साहित्यलाई लगे
वनेि वयल ।
४३
उनका कृति
वाधा अड्चन छैन
सधै छ प्रिति ।
४४
थियो कठिन
कालजयि वनाए
आफना तिदेन ।
४५
जन्म लिएका
साहित्यमा सौन्दर्य
भरि दिएका ।
४६
भानु एकता
भनुका कृति देन
प्रतिबद्धता ।
४७
कृति सरल
साझा सवाल देन
ज्ञान परल ।
४८
थिए आधार
साहित्य सङघारमा
ल्याए वहार ।
४९
भानुको ज्ञान
साहित्य विधातामा
धनी महान ।
५०
दत्त र चित्त
भानुको योग्यताले
साहित्य उच्च ।
५१
गरे बयान
साहित्य सङघारमा
राखे उत्थान ।
५२
चिर भावना
भानुका देनलाई
शुभकामना ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *