१४ ओै सहकारी दिवसको शुभकामना

हाम्रो पौरखले सधै भरी अगि वढाउनु पर्यो
मिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।
एकता हुन्नौ भने हामी कमि महसुश हुनेछ
हाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।।

हामि सवै मिलेर अब त होस्टेमा हैसे गरौ
अटल रहोस् तनमनले सदाचार भरौ ।
फलाउन फुलाउन मन मिलेर मायाँ पारौ
हितभाव सोचाई अब त जन मनमा सारौ ।

योग्य पूर्ण योग्य अब त युवाको खाचों भयो
हाम्रा लागि अपसोच बन्यो देशको मोहडा गयो ।
युवाका लागि अब त राज्यले सोच्नु पर्यो
भन्छन युवा यो देशमा राज्यले के नै गर्यो ।

पाल्नु भयो आफ्नो व्यस्तता छोडि पनि
माया ममताको दियो बाल्नु भएको छनि ।
दिलदेखि अब त सवैले केहि गरौ भन्नुहोस
सहकारि एकतामा आफनो खाचों बन्नुहोस् ।।

करले होईन रहरले जान्ने कोशिस गर्नुछ
ईच्छा बनाई मनमा आफनो ईमान भर्नुछ।
हाम्रा पनि समयले नेटो काटि जादैछन्
जागरुक हुने युवा बिदेशिले लादैछन ।

तनमन दिनुपर्छ दिलो ज्यान दिईएर
हिम्मत हार्नु हुन्न बसौ इज्जत लिईएर ।
हाम्रो मित्रतामा घडा भरिन्छ जस्तो लाग्दछ
खुसि तनमनले हेर अब त पक्कै डाँक्दछ ।

हिम्मत लिई अगाडि बढौ भन्ने मेरो चाहना
तिम्रो जन्म दिनको शुभ शुभकामना ।
भारि बिसाउँ भन्ने हो अब हाम्रो चाहना
तिम्रो जन्म दिनको शुभ शुभकामना

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *