आइसिएफसि फाइनान्सको लाभांश घोषणा


काठमाडौं । आइसिएफसि फाइनान्सको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। फाइनान्सले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

फाइनान्सले यसअघि आर्थिक वर्ष २०७८।७९मा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७।७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत, आर्थिक वर्ष २०७६।७७ मा १०.५ प्रतिशत बोनस सेयर र ४।५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत, आर्थिक वर्ष २०७५।७६ मा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *