एलआईसी नेपालको डेपुटी सीईओमा ए दत्ता


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसी नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओमा) ए. दत्ता नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १९ गते मंगलबार बसेको बैठकले ए. दत्तलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार निवर्तमान नायब प्रमुख कार्यकारी अधिकृत टी वर्णवालको कार्यकाल पुरा भई भारतको मुम्बाई सरुवा भएपछि सो स्थानमा दत्तालाई एलआईसी अफ इण्डियाले चयन गरी पठाएको हो ।

दत्ता एलआईसी अफ इण्डियाको कोलकतास्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एण्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर पदमा थिए । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृतको दत्ताले गणितमा स्नातक तथा एशोसियट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *