यू-१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो , पहिला बलिङ गर्ने निर्णय

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ । र सो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

नेपाली कप्तान देव खनालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै अफगानिस्तानले पहिला ब्याटिंग गर्ने भएको छ । त्यस्तै समुह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुदै छ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै शुरु हुने छ ।

शुक्रबारदेखि शुरु भएको यू-१९ एशिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ । त्यस्तै भारत र पाकिस्तानले भने समुह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् ।

त्यस्तै शनिबार सम्पन्न समुह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् । श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *