सन्दीप लामिछानेविरुद्ध मुद्दा : जिल्ला अदालत न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सन्दीपविरुद्धको मुद्धा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पद्मराज पाण्डेयको एकल इजलासमा पेसी तोकिएको हो । न्यायाधीश पाण्डेयको इजलासमा यो मुद्धा एक नम्बरमा रहेको छ । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुन:तोकिएको हो ।

जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए ।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन आदेश भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *