साना किसान विकास लघुवित्तको लाभांश घोषणा
काठमाण्डौं । साना किसान विकास लघुवित्तले मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९।८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३३ करोअद १६ लाख रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।