काठमाडौंको पोखराविरुद्ध पुनरागमन जित


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पोखरा थन्डर्सले सुरुआती अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग २–१ ले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले १–० को अग्रता बनाए पनि अन्तिम १० मिनेट सम्हालिन तीन अंक गुमाएको हो । काठमाडौंको पुनरागमन जितमा एन्गुने जुनियर र सोखरुखले गोल गरे । पोखराका लागि आयुश घलानले गोल गरेका थिए । ५९औँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । स्टेफन आनोरले करिब २५ यार्ड परबाट गरेका प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाएका थिए ।

तर, अन्जलले नियन्त्रणमा लिन नसक्दा सोही रिबाउन्डमा ६ यार्ड बक्सबाट आयुशले गोल गरे । तर, ८३औँ मिनेटमा एन्गुने जुनियरले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए । दीपेश गुरुङको पासलाई नियन्त्रणमा लिँदै जुनियरले पेनाल्टी बक्सको लाइनबाट गरेको प्रहार बारमा लागेर गोल भएको थियो । यस्तै, इन्जुरी समयमा सोखरुखले गोल गर्दै काठमाडौंलाई २–१ को अग्रतामा राखेका थिए । टोजिडिनोभ कोमिवोनले डिफेन्स लाइनबाट निकालेको बल नियन्त्रणमा लिँदै सोखरुखले राइट साइडबाट ‘फस्र्ट टच’ गोल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *