कामना सेवा र हातेमालो फाइनान्सबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि(आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५ शाखा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि(आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *