गठबन्धन तोड्ने, सरकार ढाल्ने काम भईरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार र गठबन्धन ढाल्ने कसरत भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *