डाँफें मुनाल रोए धरधरी



जंगल मासे बासथ्यो चराको
सुनिन्थ्यो बोली कोईली कराको ।
डाँफें र मुनाल रोए धरधरी
बचाउ भन्ने कोहि छैन हरी ।

रीत्याई खाए सबै बाँडी चुडिं
कहिल्यै अघाएनन् खोप्रो भुँडी ।
आफु मोटाए अरु हुन्न आशा
जाल झेल गरि पल्टाए पाशा ।

मनमोहक झर्ना सबै रीत्याए
धनका बोलिले सबै पट््याए ।
बाचुन या मरुन गरीव जनता
नेताको छैन भर आश अब त ।।

थाहै हुँदैन गरीव त्यो जनमा
शिक्षाको कमि छ उनको मनमा ।
ठूला छन् पहाड रीत्तो भकारी
मिलेर खाने छन् ढ्याउ डकारी ।

जग्गा जमिन छन त धेरै छन
उब्जाउ हुन्न न के खाई बस्छन ।
सफ्ठेरो पर्दा आँखा तर्काउने
अफ्ठेरो पर्दा खोला फर्काउने ।

कस्तो बनाईयो त छिमेकी साथि
भर हुन्न उसमा अफ्ठेरो माथि ।
निर्मोहि बनि जाई लाग्छ घातमा
उसैका हुन्छन् पहल हातमा ।

भए बिदेशमा युवा पलाएन
घर सबै रित्तो पारी हिडेछन् ।
देश यो नेपालमा नेता महान
कहाँ लगे बेचि कलकारखाना ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *