फोन फिर्ता दिएपछि चोरले भन्यो ः सरी, आइफोन ठानेर चोरेको थिएँ


अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर चोर फरार भयो । तर अचम्मै त त्यसबेला भयो जब केहीबेर पछि चोरले उक्त फोन फिर्ता दियो । आखिर चोरिसकेको गज्जबको फोन किन फर्काइदियो त उसले रु यसमा चोरको तर्क अनौठो थियो । उसले भन्यो,’ओहो, यो एउटा एन्ड्रोइड फोन रहेछ । यो हामीलाई चाहिँदैन । यो आइफोन पो होला भनेर हामीले चोरेका थियौँ ।

समाचार अनुसार ती व्यक्तिले अपार्टमेन्ट परिसरमा आफ्नो कार पार्क गरिरहेका थिए । त्यहीँबेला मास्क लगाएका २ जना व्यक्ति आए, जसको हातमा बन्दुक थियो । उनीहरुले कारको चाबी तथा मोबाइल फोन र पैसा लुटेर त्यहाँबाट भागे । तर केहीबेरपछि चोरीहरु फेरि आए र उनको फोन फिर्ता गरे । त्यो फोन आइफोन नभै एन्ड्रोइड फोन भएकाले आफूहरुलाई नचाहिएको उनीहरुको भनाइ थियो । लुटपाटमा परेका ती व्यक्तिकी पत्नीले उक्त घटनापछि मिडियासँग कुरा गर्दै भनिन् , ‘कहिलेकाहीँ एन्ड्रोइड फोन हुनुपनि गज्जब हुँदोरहेछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *