सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २९ का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ । नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिँदै आएका थिए । तर सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धबारे छलफल हुने पौडेलले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *