टिकटक बन्द सरकारको निर्णय : अदालतका न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा
काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुँइटेल, फर्सुराम पाण्डेलगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।