सभापति देउवाले सिङ्गो पाटीको संरक्षण गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेर बहादुर देउवा सिङ्गो पार्टीको संरक्षण गर्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले पाटी सभापति भएकाले देउवाले कांग्रेसभित्र देखिएका समस्या समाधान गर्दै पाटीलाई मजबुद्ध बनाउनुपर्नेमा जोड दिए ।
बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थपनइतर समूहको भेलापछि महामन्त्री थापाले भेलाले पार्टी सभापति शेरबहादुर देउवा समूहभन्दा माथि उठ्नुपर्ने थापाले बताए ।
यसैगरी भेलाले आसन्न राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने र त्यो न्यायपूर्ण हुनुपर्ने विषयमा जोड दिएको बैठकपछि थापाले संचारकर्मीलाई जानकारी गराए ।