हिमालयन ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसले सहकार्य गर्ने
काठमाडौं । चाइनिज एकेडेमी अफ साइन्सेस र काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजबीचमा सम्झौता सम्पन्न भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज र चाइनीज एकेडेमी अफ साइन्सेज ९सीइएस०बीच सम्पदा, शैक्षिक र पर्यटनका विषयमा सम्झौता भएको हो । चाइनिज एकेडेमी अफ साइन्सेसका प्रोफेसर र रिसर्चरहरुको एक टोली नेपालमा भएका सम्पदा, शैक्षिक अवस्थाबारे जानकारी लिइ सहकार्य गर्ने उद्देश्यले नेपाल आएको र सोही क्रममा निजी क्षेत्रको अब्बल शैक्षिक संस्थासँग महत्वपूर्ण सम्झौता गरेको जनाइएको छ । सम्झौताअनुसार विशेषगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकिकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले आफू शैक्षिक र पर्यटनका हिसावले टोलीसँग सहकार्य गर्न तयार रहेको बताएका थिए
‘चीन शिक्षाको हिसावले मात्र नभइ सबै क्षेत्रमा विकसित र शक्तीशाली राष्ट्र हो, तपाईहरुसँग सहकार्य गर्न पाउँदा खुसी भएका छौँ’, कलेजका प्रिन्सिपल पौडेलले भने । कार्यक्रममा जेराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल पर्यटकीय हिसावले सुन्दर रहेको बताइन् । उनले भनिन्, ‘देश सुन्दर छ भन्ने थाहा थियो, आएर हेर्दा राम्रो लाग्यो अब हामीले नेपालको शिक्षा र सम्पदालाई जोडेर काम गर्नुपर्छ, यसले दुवै देशको लागि फाइदा हुन्छ । सम्झौतामा कलेजमा होटेलम्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्त्रण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ । चिनियाँ टोलीले कलेजका प्रिन्सपललाई भ्रमणको लागि समेत औपचारिक निमन्त्रणा गरेका छन् । कलेजका प्रिन्सिपल पौडेलले सम्झौताले कलेजलाई मात्र नभइ समग्र देशको लागि फाइदा हुने बताए । उनले भने, ‘चीन हामी भन्दा शक्तिशाली राष्ट्र हो । त्यहाँ शिक्षण पेशामा प्रयोग हुने प्रविधी धेरै छन्, त्यहाँबाट अलिकती पनि हामीलाई पाउन सक्यौँ भने, हाम्रा विद्यार्थीलाई धेरै फाइदा हुन्छ । उनले थपे ‘हामीबीच क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषमा पनि सम्झौता भएको छ ।’ सिभिल इन्जिनियरिङमा चीनमा बनेका सामानहरु नेपाल पठाउने पूर्वाञ्चल विश्वविद्यालयलाई पनि सहयोग गर्ने विषयमा पनि द्वीपक्षीय छलफल भएको छ । कोभीड पछि चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरुको संख्या पातलिदा अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे टोलीले नेपालको पर्यटन मन्त्रालय र शिक्षा मन्त्रालयमा समेत छलफल गर्ने भएको छ । नेपालको सम्पदा शिक्षा र होटेल म्यानेजमेन्ट लगायतका क्षेत्रमा उनीहरूले भ्रमण गर्नेछन् ।