भाटभटेनीको ‘विन्टर अफर’
काठमाडौं । भाटभटेनी सुपरस्टोरले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । भाटभटेनीले आफ्नो स्टोरको सबै प्रकारका वस्तुमा छुट घोषणा गरेको हो । जसअनुसार दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत, विद्युतीय सामग्रीमा २० प्रतिशत र बाँकी सबै प्रकारका सामग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ ।
यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागू हुनेछ । भाटभटेनी सुपरस्टोरका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिने छ । भाटभटेनी सुपरस्टोरका अहिले एक लाख ५० हजार भन्दा बढी प्रकारका सामग्री रहेका छन् । यी सबै प्रकारका सामग्री खरिदमा ‘विन्टर अफर’मा दिइएको छुट प्राप्त गर्न सकिनेछ । ‘देश आर्थिक मन्दीले आक्रान्त भएको छ, यस्तो दुःखको बेलामा आम उपभोक्ताले केही सहुलियत प्राप्त गर्न सकुन् भनेर हामीले यो योजना ल्याएका हौं,’ भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले भने, ‘विद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरु जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएका छौं ।’ व्यवसायीले नाफा आर्जन गर्ने मात्रै नभई आम उपभोक्तालाई सहुलियत दिने विषयमा पनि ध्यान पुर्याउनुपर्छ भनेर यस्तो योजना सार्वजनिक गरिएको उनले बताए ।