महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर
काठमाडौं । महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.३० प्रतिशतदेखि अधिकतम ६.३० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । बैंकले महालक्ष्मी डलर बचत खातामा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.१५ प्रतिशत तोकेको छ ।
यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने महालक्ष्मी डलर बचतमा ३.२८ प्रतिशत र कल डिपिोजिटमा २.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.३० प्रतिशत र ब्यक्तिगततर्फ ९.३० प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १०.३० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत र ब्यक्तिगततर्फ ९.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा १०.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।