अभियन्ता डा. केसीले आजदेखी तीन दिने सत्याग्रह सुरू गर्ने
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता सत्याग्रही प्राडा गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन् ।
उनले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरू गर्ने बताए पनि सत्याग्रहको स्थल बारे खुलाएका छैनन् ।बत्तीसपुतलीस्थिति सिल्पी थियटरमा केसीले पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सहित पत्रकारसँग सवाल जबाफ गरेका थिए विज्ञप्ति जारी गर्दै केसीले भनेका छन्, ‘हामीलाई लाग्छ न्याय नभएसम्म शान्तिपूर्ण र समृद्ध समाजको कल्पना गर्न पनि सकिँदैन ।’
उनले यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु आफूहरुको कर्तव्य भएको भन्दै विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह गरेको भए पनि अवस्था परिवर्तन नभएको भन्दै राज्यलाई जवाफदेही बनाउनका लागि विभिन्न माग राखेर आजदेखि तीन दिने सत्याग्रह सुरू गर्ने घोषणा गरेका छन् ।
डाक्टर केसीको १० दिन अघि मात्र पित्त थैलीको अप्रेशन शिक्षण अस्पताल महाराजगंजमा भएको थियो । स्वास्थ्य अवस्था प्रतिकूल रहेको कारणले हुन सक्छ केसीले तीन दिने सत्याग्रहको मात्र घोषणा गरेका छन् ।