राष्ट्रिय सहकारी महासंघको निर्वाचन पुष २८ मा
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने भएको छ । सञ्चालक समितिको बैठकले निर्वाचनसहितको ३१ औं वार्षिक साधारणसभा पुस २७ र २८ गते ललिपुरमा गर्ने निर्णय गरेको हो । साधारण सभामा सहभागि हुन पुस २३ गतेभित्र राष्ट्रिय प्रतिनिधि छनोट गरी पठाइसक्नु पर्ने महासंघका अध्यक्ष मिनराज कडेल बताए । उक्त निर्वाचनले एक पदेन सदस्यसहित २५ जना कार्यसमिति सदस्य चयन गर्नेछ ।
महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षमा बसेको बैठकले सहकारी साइबर सुरक्षा मार्गदर्शन २०८० स्वीकृत गरि साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ । साइबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।