हतियार र खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ

काठमाडौं । भक्तपुर, सुर्यविनायक न.पा.वडा नं. १० नलिन्चोक एरियामा अवैध हतियार तथा लागु औषधको ओसार – पसार तथा कारोवार हुदै छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

चिरन्जीवी सिन्चुरी र लेख बहादुर कार्कीलाई शंकालागि सोधपुछ गर्ने क्रममा निजहरुको साथबाट KF 7.65 लेखिएको ५ राउण्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल थान–१, ऐ. पेस्तोलमा लाग्ने खाली म्याग्जीन थान–१ र लागु ‌औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *